Introduction

यस देउराली लघुवित्त वित्तीय संस्था कम्पनी ऐन, २०७३ अन्तर्गत मितिः २०७६ श्रावण १४ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा पब्लिक लिमिटेड कम्पनीको रुपमा दर्ता भई मितिः २०७६ मंसिर २५ गते नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको वित्तीय संस्थाको रुपमा वित्तीय कारोबार गर्न इजाजतपत्र प्राप्त लघुवित्त वित्तीय संस्था हो । बुटवल उपमहानगरपालिका, वडा नं ४ पाल्पारोड, मा केन्द्रीय कार्यालय रहेको देउराली लघुवित्त वित्तीय संस्था लिमिटेड प्रदेश नं. ५ कार्यक्षेत्र रहेको प्रादेशिक स्तरको संस्था हो ।
वित्तीय संस्थाले कार्यक्षेत्रको रुपमा नेपाल राष्ट्र बैंकबाट वित्तीय कारोबार गर्नका लागि प्रदेश न. ५ अन्तर्गतका १२ वटा जिल्लाहरु रुपन्देही, पश्चिम,नवलपरासी, कपिलवस्तु, पाल्पा, गुल्मी, अर्घाखाँची, दाङ्, रोल्पा, प्यूठान , पूर्वी रुकुम बाँके , बर्दिया जिल्लामा सेवा पुराउने लक्ष्य राखेकोछ । मूलतः यी जिल्लाहरुको ग्रामीण क्षेत्रमा बसोबास गर्ने गरिब तथा विपन्न बर्ग बैंक तथा वित्तीय संस्थाहरुको बैंकिङ्ग सेवाको पहुचबाट टाढा छन्, ती समुदायका मानिसहरुलाई लघुवित्त सेवाको माध्यमवाट आर्थिक एवं सामाजिक उत्थान गरर्ने यस वित्तीय संस्थाको मुख्य उद्देश्य रहेको छ ।
विपन्न समुदायका ग्रामीण क्षेत्रमा बसोवास गर्ने विशेषगरी महिलाहरुलाई विनाधितो सामुहिक जमानीमा ऋण उपलब्ध गराई उनीहरुलाई उत्पादनमूलक काम गर्न प्रोत्साहन गरी उनीहरुको पारिवारिक जीवनस्तरमा सुधार ल्याउने र उनीहरुलाई समाजमा स्थापित गराउने संस्थाको उद्देश्य रहेको छ । ती विपन्न परिवारका महिला तथा पुरुषहरुलाई वित्तीय रुपले साक्षर बनाउँदै ससानो उद्यम, कृषि उत्पादन, व्यापार, व्यवसाय संचालन गर्न, परम्परामा आधारित पेशा र ब्यवसाय परम्परामा आधारित लाई समेत प्रवद्र्धन गर्न सानो रकम लगानी गरी उत्पादनमूलक काममा सरिक गराई उनीहरुलाई स्वरोजगार र आर्थिक रुपले सबल बनाई सीर्जनशील र स्वावलम्बी समाज निर्माणमा सघाउनु यस वित्तीय संस्थाको मुख्य उद्देश्य रहेको छ ।



About Deurali LaghuBitta Bittiya Sanstha

Values of Deurali LBS

Motivated Team

Mission of DLBS

Develop and strength community based social groups by providing resources and improve their managerial capacity as through various kinds of program and resources supports

Co-operative Community

Vision of DLBS

To be self reliant , dignified and prosperous rural community. 

Financial prosperity

Goals oF DLBS

Empower the rural poor people to be an entrepreneurs and support their financial needs over the country. 
Scroll to top

Pin It on Pinterest